वेबटिभी खबर
काठमाडौं । डुम्रे-बेशीसहर सडकखण्ड अन्तर्गत लम्जुङको बेँसीशहर नगरपालिका-१ उदिपुरमा आइतबार बिहान झरेको पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ ।
बिहान साढे ५ बजे अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको अस्थायी प्रहरी पोष्ट उदिपुरले जनाएको छ । विगत केही दिनयता देशका विभिन्न सडकखण्डमा पहिराे तथा बाढीका कारण यात्रुहरूले सास्ति भाेग्न थालेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij