Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

बजेटको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने लोसपालाई प्रधानमन्त्री देउवाको आश्वासन

बजेटको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने लोसपालाई प्रधानमन्त्री देउवाको आश्वासन

  • 477
    SHARES
  • बजेटको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने लोसपालाई प्रधानमन्त्री देउवाको आश्वासन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् ।

    सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका लोसपाका नेताहरूसँग प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका हुन् ।

    लोसपा नेता शरदसिंह भण्डारीले  भने, ‘आज हामी बालुवाटार पुगेका थियौँ । प्रधानमन्त्रीज्यूले बजेटलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिनुभएको छ ।’

    लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरूले प्रधानमन्त्रीलाई भेटेर आफूहरूले बुझाएको ११ बुँदे मागसहितको ज्ञापनपत्रका विषय ध्यानाकर्षण गराएका छन् ।

    उनीहरूले तत्काल नागरिकताको समस्या समाधान गर्न गरेको आग्रहलाई स्वीकार्दै प्रधानमन्त्री देउवाले नागरिकता विधेयक ल्याइहाल्ने बताएकाे भण्डारीले बताए । साथै जेल जीवन बिताइरहेका आफ्ना नेता रेशम चौधरीलाई कारागारमुक्त गराउन पनि उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    तराई मधेश संयुक्त बजेट कटौतीको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता भण्डारीले जानकारी दिए । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij