Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

निषेधाज्ञाको मौका छोपेर कालोबजारी

निषेधाज्ञाको मौका छोपेर कालोबजारी

  • 950
    SHARES
  • निषेधाज्ञाको मौका छोपेर कालोबजारी

    काठमाडाैं । निषेधाज्ञाको मौका छोपेर कालोबजारी गर्न खोज्नेहरू सक्रिय हुनसक्ने भएकाले सचेत रहन सरोकारवाला पक्षलाई निर्यात व्यवसायी महासंघ नेपालले आग्रह गरेको छ ।

    महासंघका अध्यक्ष रामबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै आमसाधारणलाई अतिआवश्यक वस्तुमा कालोबजारी हुनसक्ने भएकाले सचेतता अपनाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् । 

    गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका अध्यक्ष गुरुङले विज्ञप्तिमा भनेका छन्, 'निर्यातजन्य बस्तुको उत्पादन तथा ढुवानी अतिआवश्यक वस्तु भएकाले त्यस्ता वस्तुहरुलाई अतिआवश्यक बस्तुको सुचीमा समावेश गर्नको लागि यस महासंघ सरकार समक्ष आग्रह गर्दछ । विगत देखि नै निर्यातजन्य उद्योगहरु सरकारको प्राथमिकतामा नपर्दा यस क्षेत्रको विकास अपेक्षा अनुरुप हुन सकेको छैन ।'

    महासंघले तीनै तहका सरकारलाई कोभिड-१९ का कारण निम्तिन सक्ने सम्भावित अवस्थाका लागि आवश्यक तयारी गर्न आग्रह समेत गरेको छ । क्वारेन्टाईन, आइसोलेसनको व्यवस्थापन तथा अत्यावश्यकीय औषधीको आपूर्तिका लागि आवश्यक प्रणालीलाई चुस्त बनाउन पनि महासंघले आग्रह गरेको छ । 

    अध्यक्ष गुरुङले विज्ञप्तिमा, 'भर्खरै लयमा आउन लागेको अर्थतन्त्रमा पुन संक्रमणको दर बढ्दै जाँदा त्यसको नकारात्मक असर पर्ने देखिएको छ । सरकार, निजी क्षेत्र र आम जनता सबैको प्रमुख दायित्व भनेको कोभिड संक्रमणको चेन ब्रेक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन हो । तसर्थ सरकारले जनताको स्वास्थ्य सुरक्षाका लागि चालेको यो प्रयासमा यस महासंघ सहयोगको लागि प्रतिबद्ध छ', भनेका छन् ।  

    महासंघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गदै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको रोजगारी नगुम्ने गरी आर्थिक गतिविधि सञ्चालन गर्ने सहज वातावरण बनाउन पनि माग गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij