Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कटुवा पेस्तोल र गोलीसहित एक जना भारतीय पक्राउ

कटुवा पेस्तोल र गोलीसहित एक जना भारतीय पक्राउ

  • 535
    SHARES
  • कटुवा पेस्तोल र गोलीसहित एक जना भारतीय पक्राउ

    सुनसरी । प्रहरीले एक थान कटुवा पेस्तोल र सोही पेस्तोलको तीन राउण्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा २७ वर्षीय ओम प्रकाश पाल रहेका छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनी हरिनगरा गाउँपालिका-४ स्थित सोनु मेहताको घरमा बस्दै आएका थिए । 

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij