Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मिसन चन्द्रमाका लागि विश्वका दुई धनाढ्यहरुको युद्ध 

मिसन चन्द्रमाका लागि विश्वका दुई धनाढ्यहरुको युद्ध 

  • 731
    SHARES
  • मिसन चन्द्रमाका लागि विश्वका दुई धनाढ्यहरुको युद्ध 

    काठमाडौं । विश्वका दुई धनाढ्यहरु जेफ बेजास र एलन मस्क चन्द्रमामा जान संघर्ष गरिरहेका छन् । अमेरिकी स्पेस एजेन्सी नासाले २.९ बिलियन डलरको ठेक्का मस्कको कम्पनी स्पेस एक्सलाई दिएको छ ।

    यसअन्तर्गत स्पेस एक्सले चन्द्रमामा जानका लागि अन्तरिक्षयान बनाउनेछ, जसमा अमेरिकी अन्तरिक्ष यात्री २०२४ मा चन्द्रमामा जान्छन् । स्पेस एक्सबाहेक अन्य दुई कम्पनीले नासाको परियोजना हात पार्न प्रयास गरेका थिए, जसमध्ये एउटा जेफ बेजासको ब्लू ओरिजिन थियो । सोमबार बेजोसको कम्पनीले नासाको निर्णयविरुद्ध अमेरिकी सरकारलाई ५० पेज लामो विरोध पत्र बुझाएका छन् ।

    ब्लू ओरिजिनका प्रमुख कार्यकारी बोब स्मिथले भने, ‘स्पेसएक्सलाई अनुबन्ध गर्ने नासाको निर्णय गलत छ, किनभने उनीहरूले हाम्रो प्रस्तावको फाइदाजनक पक्षलाई वेवास्ता गरे तर स्पेसएक्सको प्राविधिक त्रुटिहरूलाई त्यति ध्यान दिएनन् ।’ 

    एलन मस्कले भने जेफ बेजोसको टिमलाई विरोध पत्र बुझाएर अन्तरिक्षको कक्षमा नपुगिने भन्दै यस कदमको खण्डन गरेको छ । 

    वास्तवमा, नासा एक महिला र एक अश्वेत पुरुष चन्द्रमा पुग्ने गरी अन्तरिक्षयान बनाउन चाहन्छ । सन् १९७२ पछि अमेरिकाले कुनै पनि मानिसलाई चन्द्रमामा पठाएको छैन । नासाका प्रशासक जिन ब्रिडनस्टेनले मिशन आर्टेमिस नाम दिइएको यस चन्द्रमा यात्राका लागि तयारी अन्तिम चरणमा पुगेको बताइसकेका छन् ।

    सन् २०२४ मा ओरायन नामक अन्तरिक्षयानबाट चार सदस्य अन्तरिक्षको कक्षमा जानेछन् । त्यहाँबाट दुई यात्री स्पेसएक्सको यानमार्फत चन्द्रमाको यात्रामा निस्किने छन् । योजनाअनुसार दुवै यात्री एक सातासम्म चन्द्रमाको सतहको परीक्षण गर्ने र स्पेसएक्सको यानबाटै ओरायनसम्म पुग्नेछन् । यो यानले चार लाख ५० किलोमिटरको यात्रा गरेर तीन सातामा चन्द्रमा पुग्नेछ । 

    आर्टिमिस मिसनको माध्यामबाट नासा सन् २०२८ सम्म चन्द्रमामा मानव उपस्थिति सुनिश्चित गर्ने प्रणाली निर्माण गर्न चाहन्छ। एलन मस्कको कम्पनी स्पेसएक्स र जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले प्रस्ताव राखेका थिए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij