Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

उत्तराखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु

उत्तराखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु

  • 470
    SHARES
  • उत्तराखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु

    एजेन्सी, उत्तराखण्ड । भारतको उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो ।
    सबै तीर्थयात्री मध्यप्रदेशका हुन् । 

    प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गरेका छन् ।  प्रधानमन्त्री मोदीले उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारु र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

    ‘राज्य सरकारको निगरानीमा स्थानीय प्रशासन घटनास्थलमा सम्भव भएसम्मको सहयोगमा जुटेको छ,’ प्रधानमन्त्री कार्यालयले ट्विट गरेको छ ।

    दुर्घटनापछि मुख्यमन्त्री शिवराज सिंह चौहानसहित राज्यमन्त्री बिजेन्द्र प्रताप सिंह, डीजीपी सुधीर सक्सेना, अतिरिक्त मुख्य सचिव (गृह) राजेश राजोरालगायतको टोली देहरादून प्रस्थान गरेको थियो । 

    दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरेको छ । 
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij