वेबटिभी खबर
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-१० नीलोपुल प्रगतिनगरको विकासका लागि समाजसेवी विद्या सुवेदी ज्ञवालीकाे संयोजकत्वमा ९ सदस्यीय टोल सुधार तदर्थ समिति गठन गरिएको छ । फोहोर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न उक्त समिति गठन गरिएको हो ।
टोलबासीको आज बिहानको भेलाले समितिका सदस्यमा आङ्निमा शेर्पा, सुमन उप्रेती, राजन रिमाल, अविनारायण श्रेष्ठ, हरिबहादुर गुरुङ, हिमाल गुरुङ, लक्ष्मी अधिकारी र ममता पोखरेललाई चयन गरेको छ ।
रुबी टेलरिङ, राई ग्यास पसल र खनाल मेडिकलभित्र तथा धोबीखोला करिडोर उत्तर क्षेत्र समेटिएको नयाँ टोल सुधार समितिले आगामी असार मसान्त अगावै अर्को भेला बोलाई रामजी खड्का नेतृत्वको पुरानो समितिलाई आफ्नो प्रगति विवरण र हरहिसाब पेस गर्न लगाउने छ ।
समितिले शान्तिसुरक्षा, फोहोर व्यवस्थापन र वातावरण संरक्षण, बाटो सुधार, बिजुली, बत्ती जडान आदि कार्य गर्नाका साथै नगरपालिकाको योजनामा आफ्ना सुझाव पेस गर्ने संयोजक ज्ञवालीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij