Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

पहिरोले पुरिएर दुई जनाको मृत्यु

पहिरोले पुरिएर दुई जनाको मृत्यु

  • 589
    SHARES
  • पहिरोले पुरिएर दुई जनाको मृत्यु

    सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ । चैनपुर-नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

    आज बिहान ११ बजे चैनपुर-नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिरोले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

    चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij