वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।
देशकै महत्वपूर्ण राष्ट्रिय गौरवको परियोजना मानिएको सो विमानस्थल निर्माण गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आफू लज्जित भएको उनले बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमााडौं–तराई फाष्ट्र्याक र निजगढ विमानस्थललाई संयुक्त १ नं र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नं महत्वको भनेको थिएँ । अहिलेसम्म यी सबै रोकिँदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु । आज सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ । लज्जित छु ।’
निजगढ विमानस्थलबारे सर्वोच्चले गरेको फैसलाविरूद्ध बारामा प्रदर्शन
मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाण्डौ-तराई फाष्ट्र्याक र निजगढ विमानस्थललाई संयुक्त १ नं र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नं महत्वको भनेको थिएॅ!अहिलेसम्म यी सबै रोकिदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु।आज सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ!लज्जित छु।
— Baburam Bhattarai (@brb1954) May 26, 2022
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij