Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बलात्कारसम्बन्धी मुद्दामा हदम्यादको व्यवस्था संशोधनको माग राखेर नेविसंघले बुझायो ज्ञापनपत्र

बलात्कारसम्बन्धी मुद्दामा हदम्यादको व्यवस्था संशोधनको माग राखेर नेविसंघले बुझायो ज्ञापनपत्र

  • 658
    SHARES
  • बलात्कारसम्बन्धी मुद्दामा हदम्यादको व्यवस्था संशोधनको माग राखेर नेविसंघले बुझायो ज्ञापनपत्र

    काठमाडौं । कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । 

    नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

    नेविसंघले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाहरूले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको भन्दै  अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्नुपर्ने माग गरेको हो । 

    ज्ञापनपत्र बुझाएपछि अधयक्ष शेर्पाले भने, ‘बलात्कारजस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै हालमा उन्मुक्ति पाउनुहुँदैन । दोषीमाथि कडा कारवाही र विभेदकारी कानुनी व्यवस्था संशोधन हुनुपर्छ ।’ 


    281165346_830181914624563_171014009750845933_n.jpg

    280240916_526764008936673_1924419215076839145_n.jpg

  • सम्बन्धित विषय:

  • # नेविसंघ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij