Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

सप्तरीमा नवनिर्वाचित वडा सदस्यको निधन

सप्तरीमा नवनिर्वाचित वडा सदस्यको निधन

  • 364
    SHARES
  • सप्तरीमा नवनिर्वाचित वडा सदस्यको निधन

    सप्तरी । सप्तरीको राजगढ गाउँपालिका-५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ । उनी सुतेकै अवस्थामा आज बिहान मृत अवस्थामा  फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए ।

    वडाध्यक्षका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएर खाना खाएर सुतेका र आज बिहान उनको निधन भएको बताए ।

    बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका-५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए । उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत प्राप्त गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij