Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उम्मेदवारको मृत्युपछि तुलसीपुर-१७ मा आज मनोनयन दर्ता

उम्मेदवारको मृत्युपछि तुलसीपुर-१७ मा आज मनोनयन दर्ता

  • बैशाख २८, २०७९ बुधवार ०८:२८ बजे
  • 485
    SHARES
  • उम्मेदवारको मृत्युपछि तुलसीपुर-१७ मा आज मनोनयन दर्ता

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ ।

    एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए।

    बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

    त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij