वेबटिभी खबर
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-३ समाटारमा सुक्खा पहिरोका कारण उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक सातादेखि अवरूद्व भएको छ ।
उत्तर दक्षिण सडकखण्ड अन्तर्गतको किमाथाङ्का-खाँदबारी सडकमा सुक्खा पहिरोका कारण सडक अबरूद्व हुँदा निर्वाचनका लागि त्यसक्षेत्र जाने कर्मचारी र यात्रु अलपत्र परेका हुन् ।
समाटारमा सुक्खा पहिरो खसेपछि भोटखोला जाने सडकखण्ड एक सातादेखि अवरूद्व भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर दिपेश रजकले जानकारी दिए ।
उनका अनुसार सुक्खा पहिरो झर्नेक्रम नरोकिएका कारण त्यस क्षेत्रमा स्काभेटर पुर्याइएपनि सडकखण्ड खुलाउन समस्या भएको बताइएको छ । सुक्खा पहिरोले भोटखोला तथा मकालु गाउँपालिका जाने नागरिकको आवतजावत र सामान ढुवानी समस्यामा भएको हो ।
निर्वाचनको समयमा यात्रुको चाप बढिरहेको अवस्थामा पहिरो नरोकिएका कारण यात्रु बाटोमै अलपत्र परेको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij