Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

डा.अनुप बास्तोला भन्छन्- कोरोना संक्रमितको संख्या बढिरहे उपचारमा समस्या आउन सक्छ

डा.अनुप बास्तोला भन्छन्- कोरोना संक्रमितको संख्या बढिरहे उपचारमा समस्या आउन सक्छ

  • 1.3K
    SHARES
  • डा.अनुप बास्तोला भन्छन्- कोरोना संक्रमितको संख्या बढिरहे  उपचारमा समस्या आउन सक्छ

    काठमाडौं । नेपाल लगायत विश्वका अन्य मुलुकमा कोरोनाको दोस्रो लहर चलिरहेको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रोले लहरले भवावह स्थिति छ । 

    भारतमा कोरोना संक्रमित थपिने संख्यामा दैनिक वृद्धि छ । नेपालमा पनि दोस्रो लहरले क्षति हुन सक्ने आकलन गरि स्वास्थ्य विज्ञहरूले सजक र सर्तक रहन आग्रह गरेका छन् । 
    । 

    शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाले कोभिडको दोस्रो लहरमा संक्रमितहरू सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी रहेको बताएका छन् । 

    उनकाअनुसार एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल छ । पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएको उनको दाबी छ ।

    डा.बास्तोलाले कोरोना संक्रमणको फैलावट यही गतिमा अघि बढे बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्ने बताउँदै स्वास्थ्य सेवा डामाडोल हुन सक्ने बताएका छन् । 

    ‘अस्पतालमा बेड नपाउने समस्या त छँदैछ, कुन उपचारले बिरामी निको हुनेछन् भन्ने अन्यौल पनि उस्तै छ,’ डा.बास्तोला ट्वीटमा भनेका छन् । कोरोना बाहेकका बिरामीको बिचल्ली हुने अवस्था आउने सक्ने पनि बताएका छन् ।  

    नेपालमा पछिल्लो समयमा कोरोना बढ्दै गएकाले सबैलाई सजग रहन उनले आग्रह गरेका छन् ।  

    उनले भने, ‘यो समय पक्कै बितेर जानेछ । तर ख्याल गरौं । अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं । यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं/हामी सचेत र चनाखो हुँदैनौं ।'

    उनले तत्काल, कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी रहेको जनाए ।उनले भने, ‘‘चेन ब्रेक’ नगरी हामीले सम्हालिने मौका पाउने छैनौं । अहिले आइसीयूमा जति सिकिस्त बिरामी छन् । त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहेका छन् भन्ने अनुमान गर्न सकिन्छ । त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्न जरुरी छ । ’ 

    अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपार्न उनको अनुरोध छ ।

    ‘सुरक्षाका सबै मापदण्ड अपनाऔं । अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन । सकेसम्म सुरक्षित रहने कोसिस गरौं । यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँ-कहाँ चुक्यौं ।’

    डा.बास्तोला भने, ‘त्यसैले अहिले हामी कसरी सुरक्षित भएर बस्ने आफैंले ध्यान दिनुपर्छ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij