वेबटिभी खबर
दाङ । तुलसीपुर उपमहानगरपालिका-१३मा इनार खन्ने क्रममा माटो भत्किएर पुरिएका एक युवाको शव आज फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका-१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव तीन दिनपनि आज फेला परेको हो ।
साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा चौधरी माटोको ढिस्कोले पुरिएपछि स्काभेटर प्रयोग गरेर उनकाे शव निकालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए ।
चौधरीको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । करिब ४० फिट गहिरो कुवा खन्ने क्रममा चौधरी पुरिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij