Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

परीक्षा नतिजा चित्त बुझेन ? आयोगले जारी गर्याे यस्ताे ढाँचा

परीक्षा नतिजा चित्त बुझेन ? आयोगले जारी गर्याे यस्ताे ढाँचा

  • 8.4K
    SHARES
  • परीक्षा नतिजा चित्त बुझेन ? आयोगले जारी गर्याे यस्ताे ढाँचा

    काठमाडौं । शिक्षक सेवा आयोगले सोमबार राति प्रकाशित माध्यमिक तहको शिक्षक पदपूर्तिको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले यहि वैशाख २६ गतेसम्म निवेदन दिनुपर्ने जनाएको छ ।

    सो मितिको समयभित्र पाँच सय रूपैयाँ रावश्व दस्तुर तिरेको संकलन रसिद, न्यूनतम शैक्षिक योग्यता र तालिम तथा अध्यापन अनुमतिपत्रको प्रमारणपत्र एवम् प्रवेशपत्रको प्रतिलिपिसहित आयोगको वेबसाइट https://tsc.gov.np/ मा भएको पुनर्योग निवेदनको ढाँचा प्रिन्ट गरी सोहीअनुसार भरेर शिक्षक सेवा आयोग, सानोठिमी वा प्रदेश राजधानी रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमाा निवेदन दिनुपर्ने छ ।

    शिक्षक सेवा आयोगले म्याद समाप्त भएको मितिले ७ दिनभित्र निवेदकहरूको समष्टिगत विवरण समेत तयार गरी निवेदनसहित आयोगमा पठाउन सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूलाई अनुरोध गरेको छ । 

    यस्तो छ ढाँचा

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij