Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

लैङ्गिक हिंसा र असमानताविरुद्व समाचार लेख्न सुझाव

लैङ्गिक हिंसा र असमानताविरुद्व समाचार लेख्न सुझाव

  • 518
    SHARES
  • लैङ्गिक हिंसा र असमानताविरुद्व समाचार लेख्न सुझाव

    लुम्बिनी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्व निरन्तर समाचार लेख्न सुझाव दिएका छन् । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उनले यसविरुद्व महिला पत्रकारले अभियानका रूपमा काम गर्नुपर्नेमा जोड दिए  ।

    सञ्चारिका समूह लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको ‘आम सञ्चार र महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रमुख शेरचनले पत्रकार देशको सम्मानित पेशा भएकाले यसमा स्थापित हुनका लागि आफ्नो सीप र क्षमता बढाउँदै जानुपर्ने सुझाव दिएका हुन् ।

    प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले सामाजिक न्याय, लैङ्गिक र महिलामैत्री समाज निर्माणका लागि सञ्चारमा महिलाको दरिलो उपस्थिति हुनुपर्नेमा जोड दिइन् ।

    प्रदेशसभा उपसभामुख कृष्णी थारुले यो वा त्यो भन्दै पछिल्लो समय संविधानले महिलालाई दिएको अधिकारसमेत खोस्ने काम भएकाले त्यसविरुद्व आवाज उठाउन आग्रह गरे । कानून महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले हरेक बजेटलाई लैङ्गिकमैत्री बनाउन पछिल्लो समयमा सरोकारवालासँग छलफल थालेको बताए ।

    सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले लैङ्गिकमैत्री समाचार, त्यसको उठान, स्रोत पहिचान, व्यावसायिक सीप विकास, स्थानीय तहको निर्वाचन र महिलाका समाचार विषयमा बताइन् । उनले व्यवसायिक सीप र क्षमता बढाउँदै महिला पत्रकार  प्रतिस्पर्धामा उत्रिरहेका छन् तर पुरूषको तुलनामा उनीहरूलाई स्थापित हुन समस्या र चुनौती हुने भएपनि समाधान गर्दै अगाडि बढ्न सुझाव दिइन् ।

    सोही समूहकी लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले लैङ्गिकमैत्री समाचार र त्यसको उठानबारे अभ्यास गराइन् । कार्यक्रममा लुम्बिनी प्रदेशका पाँच दर्जनभन्दा बढी महिला पत्रकार सहभागी भएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij