Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न आग्रह

तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न आग्रह

  • 424
    SHARES
  • तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न आग्रह

    काठमाडौं । सञ्चारमाध्येमहरूले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रूपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले सञ्चार जगत्सँग यस्तो आग्रह गरेकी हुन् ।

    स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा आयोजित मिडिया अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचन गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्ने आयोगको निर्वाचन कार्यमा सहयोग पुर्‍याउन सञ्चार क्षेत्रसँग आग्रह गरेकी छिन् ।

    आयुक्त तुलाधरले भनिन्, ‘लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन सञ्चार क्षेत्रले गर्दै आएको सहयोग सराहनीय छ ।’ निर्वाचन व्यवस्थापन सुदृढीकरणका लागि आयोगले काम गर्दै आएको उल्लेख गर्दै डा.तुलाधरले निर्वाचन सम्बन्धी सही सूचना र निर्णयलाई आम नागरिकसामु पुर्‍याएर सहयोग गर्न आग्रह गरेकी छिन् ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्न केन्द्रदेखि पालिकासम्म विभिन्न तहका संयन्त्र भएको बताए । उनले भने, ‘सञ्चार क्षेत्रले निर्वाचान आचारसंहिता उल्लंघन भए/नभएकोबारे तथ्यगत सूचना निःशुल्क सम्प्रेषण गरी आयोगको काममा सहयोग पुर्‍याएको छ ।’

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनको समाचार लेख्दा सञ्चारकर्मीले दल विशेषप्रतिका आस्था र आबद्वता त्याग्नुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, ‘चुनावका बेला ‘फेक न्यूज’को कारखाना नै चल्न सक्ने खतरा छ, त्यसबाट जोगिन समाचार, समाचारको पुष्ट्याइँ गरी सत्य, तथ्य समाचार सम्प्रेषणमा ध्यान पुर्‍याउनुपर्छ ।’

    वरिष्ठ पत्रकार बबिता बस्नेतले राजनीतिक दलका नेताहरूबाट एक-अर्कालाई लाञ्छित गर्ने गरी आउने गरेको अभिव्यक्तिले नेताको उत्तरदायित्वमाथि प्रश्न खडा गरेको बताइन् । उनले भनिन्, ‘निर्वाचनका समयमा ‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेसन’को चुनौती छ, प्रभावकारी अनुगमनका लागि निर्वाचन अनुगमन संयन्त्र प्रभावकारी हुन आवश्यक छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij