Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

वैशाखको वर्षाले किसानलाई राहत

वैशाखको वर्षाले किसानलाई राहत

  • 793
    SHARES
  • वैशाखको वर्षाले किसानलाई राहत

    महोत्तरी । वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मंगलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो ।

    गएरातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानले बताएका छन् । चैतेबाली थन्क्याएपछि रूखाे रहेको जग्गा खनजोत हुन सकेको थिएन । वर्षा भएपछि अब बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने बर्दिबास-७ मनहरिपुरका विन्देश्वर यादवले बताए ।

    ‘राम्ररी चिस्यान हुने गरी पानी परेको छ’, उनले भने, ‘यसपालि बर्खेबाली समयमै लगाउन पाइने आश जाग्यो ।’ पछिल्लो वर्षाले तरकारी खेती गर्न सहज भएको किसानको भनाइ छ । वर्षाअघि केहीबेर चलेको हावाहुरीले कलिला बोट र तरकारीका बेला (लहरा) लतारेर केही नोक्सान गरेको किसानले बताएका छन् ।

    हावाहुरीले आँप, लिचीसहितका फलका चिचिला सोतर पारेर झारेको भङ्गाहा-४ पलारका चौठी सर्दार बाँतरले बताए । अन्य बालीनालीमा परेको अनुकूलतालाई उपयोग गर्दै चित्त बुझाउनुपर्ने बाँतर बताउछन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij