Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना गर्ने नेकपा एसको प्रतिवद्धता

हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना गर्ने नेकपा एसको प्रतिवद्धता

  • 654
    SHARES
  • हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना गर्ने नेकपा एसको प्रतिवद्धता

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले बालबालिकाका लागि विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएको छ । मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा नेकपा एसले उक्त प्रतिवद्धता जनाएको हो ।

    हरेक टोलमा बालउद्यान निर्माण गरिने छ । त्यस्ता उद्यानमा बालबालिका खेल्ने, रमाउने साधनहरूको व्यवस्थासमेत गरिने घाेषाणापत्रमा उल्लेख गरिएकाे छ । बालबालिका समाजको उत्तरदायित्व भन्ने मर्मलाई हृदयंगम गर्दै हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना गर्ने नेकपा एसले जनाएको हो ।

    काममा जाने श्रमजिवी अभिभावकलाई बालबालिका रेखदेख गर्ने सामाजिक केन्द्रका रुपमा स्थानीय सरकारले बाल स्याहार केन्द्र संचालन गर्ने घोषणापत्रमा उल्लेख छ ।

    बालबालिकाहरूलाई सानै उमेरदेखि साहित्य र कलाप्रति आकर्षित गर्नका लागि हरेक वडास्तरमा स्थानीय विद्यालयहरूलाई अग्रसर गराई वार्षिकरूपमा बालसाहित्य तथा कला मेलाको आयोजना गर्ने पनि एसले जनाएको छ ।

    ‘बालबालिकाहरू आफ्नो घर र समाजमा सुरक्षित रहुन भन्ने उद्देश्यले आवश्यक अनुगमनको व्यवस्था गरिने र  त्यसका लागि स्थानीय प्रहरी कार्यालयसँग आवश्यक समन्वय गरिने छ ।’ घोषणापत्रमा उल्लेख छ ।

     

  • सम्बन्धित विषय:

  • # नेकपा एस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij