Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

वनस्पति उद्यानलाई अनुसन्धान केन्द्रको रूपमा स्थापना गरिँदै

वनस्पति उद्यानलाई अनुसन्धान केन्द्रको रूपमा स्थापना गरिँदै

  • 598
    SHARES
  • वनस्पति उद्यानलाई अनुसन्धान केन्द्रको रूपमा स्थापना गरिँदै

    जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका-५ धिताचौरस्थित वनस्पति उद्यान अनुसन्धान केन्द्रको रूपमा स्थापित हुन थालेको छ ।

    साढे चार हेक्टर क्षेत्रफलमा फैलिएको उद्यान आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ भने हिमाली वनस्पतिको खोज तथा अनुसन्धान गर्न विज्ञ आउने क्रम बढेको पछि उद्यानलाई अनुसन्धान केन्द्रको रूपमा स्थापना गर्न लागिएको हो।

    उद्यानभित्र करिब २०० औषधी जन्य जडिबुटी रोपिएको छ । अधिकांश व्यक्ति मनोरञ्जनका लागि उद्यानमा आउने गरेका छन् । काठमाडौं, सुर्खेतलगायत ठाउँबाट आयुर्वेद कलेज र विभिन्न विज्ञान संकायका विद्यार्थी प्रयोगात्मक ज्ञानका लागि पनि आउने गरेको उद्यान केन्द्र प्रमुख रमेश बस्नेतले जानकारी दिए ।

    उनले भने, ‘विद्यार्थी र विज्ञ दुई/तीन सातासम्म बसेर वनस्पतिको पहिचान गरेर फर्कने गरेका छन् । उद्यानमा ६१ जातको रैथाने वनस्पतिको अनुसन्धान हुने गरेको छ ।’ अहिले ‘सेतोभदुरी’ नामक वनस्पति रासायनिक परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

    ३८ खेतीलाई प्रवर्द्धन गर्न उद्यानमै व्यवसायिक खेती गरिएको छ । उद्यानमा ४८ प्रजातिका जीवाणु, दुई वटा नर्सरी र तीन वटा प्रदर्शनी भू-भाग छन् । उद्यानमा हरेक वर्ष ‘प्लान्ट रिसर्च’ कार्यक्रम पनि सञ्चालन हुने गरेको केन्द्र प्रमुख बस्नेतले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij