Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५२ अर्ब दिन वित्त आयोगको सिफारिस 

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५२ अर्ब दिन वित्त आयोगको सिफारिस 

  • 868
    SHARES
  • प्रदेश र स्थानीय तहलाई एक खर्ब ५२ अर्ब दिन वित्त आयोगको सिफारिस 

    काठमाडौं । आगामी बजेटमा संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई कुल एक खर्ब ५२ अर्ब ५१ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान छुट्याउने भएको छ । 

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले रकमको सिफारिस गर्दै बजेट पठाउने तयारी गरेको हो । सरकारले स्थानीयतह र प्रदेशलाई प्रदान गर्ने अनुदानको सिफारिस गर्ने जिम्मेवारी पाएको आयोगको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट निर्माण गर्दा तल्लो सरकारले पाउने रकम सुनिश्चित गर्छ ।

    केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहलाई कुल चारवटा अनुदान शीर्षकमा संघबाट बजेट जान्छ । वित्तीय समानीकरण अनुदान शर्तविहीन अनुदान हो । 

    जसलाई प्रदेश र स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम योजनाका लागि खर्च गर्न सक्छन् । तुलनात्मक रुपमा चालु आर्थिकवर्षको तुलनामा यो रकम बराबरकै हाराहारीमा देखिन्छ । 

    आयोगले सात प्रदेशका लागि ५७ अर्ब ९५ करोड ४८ लाख रुपैयाँ बजेट संघीय सरकारसमक्ष सिफरिस गरेको छ भने ७ सय ५३ स्थानीय तहका लागि ९४ अर्ब ५५ करोड ७८ लाख रुपैयाँ बजेट सिफारिस गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij