वेबटिभी खबर
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सूर्य चिह्नबाट स्थानीय तह निर्वाचन लड्न प्रस्ताव गरेका छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा ओलीले विप्लवलाई यस्तो प्रस्ताव गरेका हुन् ।
“या त विप्लवजीहरूले चुनावमा भाग लिएर स्वतन्त्र रूपमा लाग्नुपर्छ । तपाईंका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस् । पार्टी तपाईंकै हुन्छ । कार्यकर्ता तपाईंकै हुन्छन् । तर, सूर्य चिह्नबाट चुनाव लड्नुस् । जित्ने तरिका त्यो हो नि, आउनुस् न,” ओलीले भने ।
उनले षड्यन्त्रमा नलाग्न सुझाव दिँदै दल दर्ताको समय दिँदा किन दल दर्ता नगरेको भन्दै प्रश्न गरे । ओलीले विप्लवलाई चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न आग्रह समेत गरे । “तपाईंलाई नेपाली जनताले अलिक इमान्दार नेताका रूपमा चिन्छन् । तपाईं लोकतन्त्रविरुद्धको षड्यन्त्रको मतियार नहुनुस् । तपाईंलाई इमानदार नेताको रूपमा बुझ्छन् । यद्यपि, तपाईंका नीतिसँग भन्नुपर्ने हुनसक्छ,” ओलीले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij