Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

फ्रान्कफुर्टसँग बराबरीमा रोकियो बार्सिलोना

फ्रान्कफुर्टसँग बराबरीमा रोकियो बार्सिलोना

  • 445
    SHARES
  • फ्रान्कफुर्टसँग बराबरीमा रोकियो बार्सिलोना

    काठमाडौं । युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोल अन्तरले बराबरीमा रोकिएको छ ।

    खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्‍यो । भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो ।

    ४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६ औं मिनेटमा फेरान  टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए । 

    खेलको ७८औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो ।

    अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग १५ अप्रिलमा बार्सिलोनाको मैदानमा नोउ क्याम्पमा हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij