Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

माओवादीमै फर्किए पित्तबहादुर डल्लाकोटी

माओवादीमै फर्किए पित्तबहादुर डल्लाकोटी

  • चैत्र २२, २०७८ मंगलवार २०:३१ बजे
  • 347
    SHARES
  • माओवादीमै फर्किए पित्तबहादुर डल्लाकोटी

    काठमाडौं । पित्तबहादुर डल्लाकोटी नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वचित पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका थिए ।

    २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ अघि एमालेबाट माओवादी प्रवेश गरेका थिए । ओलीबाट टिका लगाएर १५ वर्षपछि एमाले फर्किएकोमा उनी पुनः माओवादी केन्द्रमै फर्किएका छन् ।

    उनले एक विज्ञप्ति जारी गर्दै क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको बताएका छन् । उनले आफ्नो गल्तीले पार्टीमा परेको क्षतिप्रति गम्भीर आत्माआलोचना गरेको बताएका छन् ।


    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij