Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै भएन : नेकपा एमाले 

निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै भएन : नेकपा एमाले 

  • 390
    SHARES
  • निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै भएन : नेकपा एमाले 

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै नपाएको बताएको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको आचारसंहिताप्रति प्रतिबद्धता जनाउने विषयमा मंगलबार निर्वाचन आयोगले दलहरूलाई डाकेको थियो ।

    तर, त्यहाँ निर्वाचन आचारसंहिताको विषयलाई लिएर होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नभएपछि एमालेका प्रतिनिधि आयोग कार्यालयबाट बाहिरिएका थिए । होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नै नभएको एमालेका कानुन विभाग प्रमुख रमेश बडालले बताए । उनले भने,‘त्यसपछि हामी हस्ताक्षर नगरी बाहिरियौँ ।’

    आयोगले बोलाएको आचारसंहिता सम्बन्धी छलफलमा सहभागी हुन बडाल र एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोगको कार्यालय पुगेका थिए । तर, आचारसंहिताको विषयमा विवाद भएपछि हस्ताक्षर नगरी फर्किएको बडालले बताए ।

    छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै कार्य गरिनु उचित नभएकाले एमालेले आज कुनै हस्ताक्षर नगरेको उनको भनाइ छ । उनले भने, ‘शान्त र उचित वातावरण बनाउँदै छलफल गर्ने र सबै दलको विचार सुनुवाइ गरेर अगाडि बढ्न आयोगलाई आग्रह गर्छु ।’ 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij