Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

तीर्थयात्रीको निधन

तीर्थयात्रीको निधन

  • 587
    SHARES
  • तीर्थयात्रीको निधन

    ताप्लेजुङ । पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ । बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका-९ का खिनबहादुर ढुंगानाको निधन भएको हो ।

    प्रहरीका अनुसार ६० वर्षीय ढुंगाना मन्दिर परिक्रमा गर्ने क्रममा अचानक भूइँमा ढलेका प्राथमिक उपचार केन्द्र फेदीबाट गएका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक उपचार भई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।

    अस्पतालले ढुंगानालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पाथीभरा मन्दिर जानेक्रममा लेक लागेर स्वास्थ्यमा समस्या आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

    ढुंगाना आफ्नो परिवार र नातागोतासहित मन्दिरको दर्शनका लागि माथिल्लो फेदीमा बास बसेर आज बिहान मन्दिर पुगेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij