Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

डिउटीमा खटिएका प्रहरी बिरामी भएपछि हेलिकोप्टरबाट उद्वार

डिउटीमा खटिएका प्रहरी बिरामी भएपछि हेलिकोप्टरबाट उद्वार

  • 435
    SHARES
  • डिउटीमा खटिएका प्रहरी बिरामी भएपछि हेलिकोप्टरबाट उद्वार

    दार्चुला । डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरबाट उद्वार गरिएको छ ।

    दार्चुलाको अपिहिमाल गाउँपालिका-३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको हो ।

    हेलिकोप्टरमार्फत उद्वार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिए ।

    थापा बिरामी भएपछि संघीय सांसद गणेशसिंह ठगुन्ना, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र निमित्त प्रहरी प्रमुख विकको पहलमा हेलिकोप्टर मगाइएको थियो । एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री ठगुन्ना चुनावी अभियानमा अपिहिमाल पुगेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij