Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

गैरआवसीय नेपालीको ज्ञानलाई मुलुकका लागि उपयोग गरौं : राष्ट्रपति भण्डारी

गैरआवसीय नेपालीको ज्ञानलाई मुलुकका लागि उपयोग गरौं : राष्ट्रपति भण्डारी

  • 412
    SHARES
  • गैरआवसीय नेपालीको ज्ञानलाई मुलुकका लागि उपयोग गरौं : राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकको हितका लागि उपयोग गर्न आह्वान गरेकी छन् ।

    गैरआवसीय नेपाली संघ (एनआरएन)को १०औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामू चिनाउन खेलेको भूमिकाको प्रशंशा पनि गरिन् ।

    उनले भनिन्,‘गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, सिप र धनलाई मुलुकको हितका लागि उपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ नेपालको कला, संस्कृतिलाई विश्वसामू चिनाउन गैरआवसीय संघले खेलेको भूमिका प्रशंशनीय रहेको उनको भनाइ छ ।

    कोभिड-१९ महामारी, भूकम्पदेखि अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने गरेका कारण एनआरएनको भूमिका अझ बढेको र यसले निरन्तरता पाउनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड गरेकी छिन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij