वेबटिभी खबर
काठमाडौं । बझाङस्थित जयपृथ्वी नगरपालिका-५ का वडाध्यक्ष दलबहादुर बिष्टले सेवासुविधा बापतको १५ लाख रूपैयाँ स्थानीय विद्यालयलाई प्रदान गरेका छन् ।
बिष्टले ५ वर्षसम्म वडाध्यक्षका रूपमा पाएको सेवासुविधा बापतको रकम विद्यालयलाई दिएका हुन् ।
‘कृष्ण पुष्पा फाउन्डेशन’मार्फत वडाध्यक्ष बिष्टले शुक्रबार आयोजित कार्यक्रमकाबीच बझाङ भोपुरको सत्यवादी माध्यमिक विद्यालयलाई रकम दिएका हुन् ।
उनी २०७४ मा भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनी विजयी भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij