Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

पाँचौं राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनीको तयारी अन्तिम चरणमा

पाँचौं राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनीको तयारी अन्तिम चरणमा

  • 386
    SHARES
  • पाँचौं राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनीको तयारी अन्तिम चरणमा

    चितवन । पाँचौं राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।  यही चैत ९ देखि १२ गतेसम्म चितवन उद्योग संघले स्थापना गरेको प्रदर्शनी केन्द्र (एक्सपो सेन्टर)मा प्रदर्शनी हुन लागेको हो ।

    ‘कृषि यान्त्रिक करणमा वृद्धि व्यवसायिक कृषि विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको प्रदर्शनीमा १५० वटा स्टल रहने छन् । २०७० बाट सुरु भएको यस प्रदर्शनीको पाँचौं संस्करणमा ५२ वटा कृषियन्त्र, औजार, उपकरण तथा प्रविधिहरू, २० भन्दा बढी मुलुकमा उत्पादित दुई हजारभन्दा बढी प्रकारका उपकरण तथा प्रविधिको प्रदर्शनी गरिने जानकारी दिइएको हो ।

    नेपाल कृषि मेसेरेनरी व्यवसायी संघको आयोजनामा हुनेमा प्रदर्शनीमा १ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । संघका अध्यक्ष खोजराज कटुवालका अनुसार प्रदर्शनीमा २० करोड बराबरको कारोबार हुने जनाइएको छ ।

    प्रदर्शनीमा कृषि यान्त्रितकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, मेड इन नेपाल प्याभिलियन र कृषि कर्जा मेलाजस्ता कार्यक्रम गरिने उनले जानकारी दिए ।

    प्रदर्शनीबाट एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरणयन्त्र तथा सेवाकाबारे जानकारी गराउने, नीति निर्माता पेशागत समूह, अनुसन्धानकर्ता, कृषकलगायत सरोकारवालालाई कृषियन्त्र तथा प्रविधिसम्बन्धी जानकारी गराउने मुख्य उद्देश्य रहेको छ ।

    कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुर्याउने अध्यक्ष कटुवालले जानकारी दिए । लगानीको अवसर सिर्जना गर्न प्रदर्शनी सफल हुने उनको भनाइ छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij