Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

पर्यटन प्रवर्द्धनसँगै व्यवसायीलाई उद्योग अवलोकन

पर्यटन प्रवर्द्धनसँगै व्यवसायीलाई उद्योग अवलोकन

  • 469
    SHARES
  • पर्यटन प्रवर्द्धनसँगै व्यवसायीलाई उद्योग अवलोकन

    गण्डकी । कोरोनाले प्रभावित पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ पर्यटकका लागि उपहारका रूपमा प्रयोग गरिने सामग्रीको बिक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (एगा) पोखराले व्यवसायीलाई उद्योग अवलोकन गराउने भएको छ ।

    पूर्वी नेपालका पर्यटकीय गन्तव्य अवलोकनसँगै इम्ब्रोइडरी र गार्मेन्ट उद्योगबाट उत्पादित सामानको उत्पादन प्रक्रियालगायतका विषयमा जानकारी दिने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा पर्यटकीयस्थल एवं उद्योगको अवलोकन गराउन लागेको इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (एगा) पोखराका अध्यक्ष विश्वराज पोखरेलले जानकारी दिए ।

    पोखरामा आउने स्वदेशी एवं विदेशी पर्यटकले यहाँबाट लैजाने पर्यटकीय चिनारीले विशेष महत्व राख्ने बताउँदै उनले एगाले आफ्नो स्थापनाकालदेखि नै इम्ब्रोइडरी र गार्मेन्टका सामानको बिक्री वितरणलाई व्यवस्थित बनाउँदै लगेको बताए ।

    उनका अनुसार आइतबारदेखि सुरु हुने तीनदिने अवलोकन भ्रमणमा पर्यटन व्यवसायी एवं सञ्चारकर्मीसहित २३ जना सहभागी हुनेछन् । इम्ब्रोइडरी र गार्मेन्टबाट उत्पादित सामग्रीले नेपाललाई विश्वमाझ चिनाउने गरेको बताउने एगा पोखराका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठले पोखरामा ७५ व्यवसायीहरू एगामा आवद्ध रहेको जानकारी दिए ।

    ‘हामीहरूले पर्यटकका चाहनाअनुसारका सामान तयार गरी बिक्री वितरण गर्ने गरेका छौं’, उनले भने, ‘पोखराको पर्यटकीय चिनारीमा एगाले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’

    कोरोना प्रभावित पर्यटनको पुनरूत्थानका लागि पर्यटकीय गतिविधि बढ्नु आवश्यक भएको एगा पोखराका पूर्वअध्यक्ष एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । इम्ब्रोइडरी र गार्मेन्टका सामानहरूको बिक्री वितरण गर्दै आएका व्यवसायीलाई लक्ष्य गरी गराउन लागिएको पूर्वी नेपालका पर्यटकीय गन्तव्य एवं उद्योग अवलोकनले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिने उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij