वेबटिभी खबर
नेपालगञ्ज । नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ । ५९ वर्षीय उनको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले बताए ।
शाहीका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समयसम्म भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए । स्वास्थ्यमा सुधार भएपछि घरमै स्वास्थ्य लाभ गरिरहेका उनी फेरि बिरामी परेपछि अस्पतालमा भर्ना गरिएका थिए ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका अचार्य नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य थिए । उद्योगमा लोकप्रिय छवि बनाउका उनी २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नगरप्रमुखको उम्मेदवार पनि बनेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij