वेबटिभी खबर
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन् । रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले विलम्ब नगरी रुससँग वार्ताका लागि आह्वान गरेका हुन् ।
वार्ता रुसलाई उसको गल्तीका कारण भएको क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको बताए । यो भेटघाट गर्ने समय हो । यो वार्ताको समय हो ।
यो क्षेत्रीय अखण्डता पुनर्स्थापना र युक्रेनका लागि न्याय कायम गर्ने समय हो ’, उनले भने ‘अन्यथा रुसको घाटा यस्तो हुनेछ जसलाई पुनः प्राप्ति गर्न धेरै पुस्ता चाहिन्छ । ’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij