Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

गैँडाको आक्रमणबाट बच्न दलदले पोखरीमा हाम फालेका सेना जवानको मृत्यु

गैँडाको आक्रमणबाट बच्न दलदले पोखरीमा हाम फालेका सेना जवानको मृत्यु

  • 396
    SHARES
  • गैँडाको आक्रमणबाट बच्न दलदले पोखरीमा हाम फालेका सेना जवानको मृत्यु

    चितवन । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो ।

    निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । घटना बुधबार साँझ ७ः४५ बजेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij