Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

संक्रमित भेटिएका विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

संक्रमित भेटिएका विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

  • 863
    SHARES
  • संक्रमित भेटिएका विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमित भेटिएका विद्यालय बन्द गराउन निर्देशन दिएको छ ।

    महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित बिहीबार बसेको बैठकले विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गराउने निर्णय गरेको हो ।

    ‘संक्रमित भेटिएका विद्यालयहरू कम्तिमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नु, गराउनु हुन अनुरोध छ,’ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘त्यस्तो अवस्था नभएका विद्यालयहरूले पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पालना गरेर मात्र विद्यालय सञ्चालन गराउनु होला । ’

    विद्यालय संचालन गर्दा अभिभावकाे पनि सहमति लिन महानगरकाे पत्रमा भनिएकाे छ । 

    amapa letter.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij