Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

ब्याख्यात्मक टिप्पणी लाज ढाक्ने टालो : अध्यक्ष लिङ्देन

ब्याख्यात्मक टिप्पणी लाज ढाक्ने टालो : अध्यक्ष लिङ्देन

  • फाल्गुण २८, २०७८ शनिवार १२:४६ बजे
  • 435
    SHARES
  • ब्याख्यात्मक टिप्पणी लाज ढाक्ने टालो : अध्यक्ष लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाबाट एमसीसी पारित गर्दा गरिएको ब्याख्यात्मक टिप्पणीलाई लाज ढाग्ने टालो भएको बताएका छन् ।

    शनिबार सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राजनीतिक दलहरुले एमसीसी पारित गर्दा गरेको ब्याख्यात्मक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताएका हुन् । उनले एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोपसमेत लगाए ।

    उनले भने,‘देशका प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिँढीको रुपमा प्रयोग गर्ने चेष्टा गरेका छन् । यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।’ 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij