Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

सर्वसाधारणको निकास कार्यमा रुसी अवरोधः युक्रेन

सर्वसाधारणको निकास कार्यमा रुसी अवरोधः युक्रेन

  • फाल्गुण २४, २०७८ मंगलवार ०८:१३ बजे
  • 657
    SHARES
  • सर्वसाधारणको निकास कार्यमा रुसी अवरोधः युक्रेन

    एजेन्सी । रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान दिन केही शहरहरुमा अस्थायी युद्धबिराम घोषणा गरे पनि त्यो कार्यान्वयनमा नआएको युक्रेनले जनाएको छ । रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा सोमबार अस्थायी युद्धबिराम घोषणा गरेको थियो । तर, ती शहरहरुमा निरन्तर गोलाबारी र बम बिस्फोट भएका युक्रेनी सेनाले जनाएको छ ।

     रुसी आक्रमणले सर्वसाधारणको निकास कार्य अबरुद्ध भएको युक्रेनले जनाएको छ ।  गत बिहीबारदेखि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरेको छ । रुसी हमलामा ३५२ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । त्यस्तै युद्धकै कारण १५ लाख मानिसले युक्रेन छाडेका छन् । युद्धबीच विभिन्न देशले आफ्ना नागरिकलाई स्व्देश फर्काइरहेका छन् । 
     

  • सम्बन्धित विषय:

  • # रुस–युक्रेन द्वन्द्व

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij