Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

राष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

राष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

  • 496
    SHARES
  • राष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनप्रति शोक व्यक्त गरेकी छिन् । राष्ट्रिपति भण्डारीले सोमबार सामाजिक सञ्चाल ट्वीटरमार्फत दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी हुन् ।

    ‘वरिष्ठ वामपन्थी नेता एवं किसान आन्दोलनका अगुवा कृष्णराज वर्माको निधनको खबरले म दुःखी भएको छु । दिवङ्गत नेता वर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा उहाँको योगदान चीरस्मरणीय रहनेछ”, राष्ट्रपति भण्डारीले ट्वीटरमा उल्लेख गरेकी छिन् ।

    वरिष्ठ वामपन्थी नेता वर्माको ९३ वर्षको उमेरमा आइतबार अपराह्न निधन भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij