Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कोरोना नियन्त्रणका लागि कामपाका वडाले दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

कोरोना नियन्त्रणका लागि कामपाका वडाले दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

  • बैशाख १, २०७८ बुधवार १२:०७ बजे
  • 605
    SHARES
  • कोरोना नियन्त्रणका लागि कामपाका वडाले दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

    काठमाडाैं । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौं महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएका छन् । हाल कामपामा ३२ वटा वडा छन् ।

    मंगलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

    महामारी नियन्त्रणका लागि यसअघि काममा लगाइएका जनशक्तिको म्याद थप गरेर कामलाई नियमित गर्ने र आवश्यकताअनुरूप दुई जनासम्म स्वास्थ्यकर्मी थपेर काम गर्नसक्ने व्यवस्था बैठकले गरेको हो ।

    बैठकमा काठमाडौं उपत्यकाबाट उत्पादन हुने फोहरको दीगो व्यवस्थापनको उपायको खोजी गर्नुपर्नेमा कार्यपालिका सदस्यहरूको जोड थियो । दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

    लामो समयसम्म एकै स्थानमा फोहर व्यवस्थापन हुँदा स्थानीय बासिन्दाको स्वास्थ्य, शिक्षालगायतमा प्रत्यक्ष असर गरेको भन्दै त्यहाँका नागरिकले समयसमयमा फोहर विसर्जन कार्यमा अवरोध गर्दै आएका छन् ।

    अध्यक्ष शाक्यले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि चैत २० गते नुवाकोट र धादिङका स्थानीयवासीसँग भएको सहमतिका बारेमा जानकारी गराएका थिए ।

    बैठकमा धनकुटा जिल्लाको पाख्रीबास नगरसँग भगिनी सम्बन्ध स्थापना, महानगरको राजश्व प्रशासन, कोभिडका कारण गरिएको बन्दाबन्दीका समयमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीको प्रोत्साहन गर्नेलगायतका विषयमा छलफल गरिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij