Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

व्याख्यात्मक घोषणाले एमसीसीमाथिको भ्रम हट्यो : मन्त्री श्रेष्ठ

व्याख्यात्मक घोषणाले एमसीसीमाथिको भ्रम हट्यो : मन्त्री श्रेष्ठ

  • 564
    SHARES
  • व्याख्यात्मक घोषणाले एमसीसीमाथिको भ्रम हट्यो : मन्त्री श्रेष्ठ

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणाले एमसीसीको भ्रम हटेको बताएका छन् ।

    तनहुँको भानु नगरपालिका–३ तुरतुरेमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एमसीसीका बारेमा जनतामाझ रहेको भ्रम व्याख्यात्मक घोषणाले हटाएको बताएका हुन् ।

    यथास्थितिमा एमीसी संसद्बाट पारित गर्न नहुने पक्षमा नेकपा (एकीकृत समाजवादी) रहे पनि व्याख्यात्मक घोषणासहित पारित भएको विषयलाई अमेरिकाले पनि स्वीकार गरिसकेको उनले बताए ।

    विकासका लागि एमसीसी आवश्यक रहेको भन्दै श्रेष्ठले भने ‘यो नेपालको हितमा छ, नेपालको विकासमा यसको समुचित प्रयोग गर्नुपर्छ ।’ जनताको सेवा र विकासका लागि एकीकृत समाजवादी सदैव प्रतिबद्ध रहेको र विकासको नेतृत्व समाजवादी पार्टीले गर्ने उनको भनाइ छ ।

    उनले भने,‘हामीले राजनीति गरेको जनताका लागि हो, विकासका लागि हो, त्यसका लागि हामी सधैँ क्रियाशील रहन्छौँ ।’ मन्त्री श्रेष्ठले एमसीसीका विषयमा एमालेले दोहोरो भूमिका देखाएको आरोपसमेत लगाए ।

    एमसीसी गलत छ भनेर विपक्षमा मत दिएको भए पनि हुन्थ्यो, तर एमालेले कुनै भूमिका ननिभाएको उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij