Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

महामारीले प्रभावित चीनको अर्थतन्त्रमा निरन्तर सुधार 

महामारीले प्रभावित चीनको अर्थतन्त्रमा निरन्तर सुधार 

  • चैत्र ३१, २०७७ मंगलवार १६:२४ बजे
  • 467
    SHARES
  • महामारीले प्रभावित चीनको अर्थतन्त्रमा निरन्तर सुधार 

    बेइजिङ । चीनको आयात र निर्यात दुवै गत मार्च महिनामा वृद्धि भएको छ । मंगलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड–१९ लाई नियन्त्रणमा लिएसँगै अर्थतन्त्रमा निरन्तर सुधार आएको देखिएको छ । 

    पछिल्ला दिनहरुमा मुख्य विदेशी बजारहरुमा चिनियाँ सामानको माग बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

    कोरोना भाइरसविरुद्धको खोपको प्रभाव र कोभिडविरुद्धका प्रतिबन्धहरु खुकुलो बनाएसँगै चिनियाँ अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको र आगामी केही महिना यही स्थिति रहने चीनको भनाइ छ ।

    चीनको आयातमा पूर्वानुमान गरेझैं अघिल्लो वर्षको तुलनामा ३८.१प्रतिशतले वृद्धि भएको छ । यसै वर्षको जनवरी र फेब्रुअरीमा २२.२ प्रतिशतले आयातमा वृद्धि भएकामा गत मार्च महिनामा सन् २०१७ फेब्रुअरी यताकै यो सबैभन्दा ठूलो वृद्धि हो ।

    निर्यातमा पनि ३०.६ प्रतिशतले वृद्धि भएको छ र यो सन् २०१८ यताकै सबैभन्दा बढी हो । यद्यपी ब्लुमबर्गले चीनको निर्यात ३८ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको थियो । 

    चिनियाँ भन्सार प्रशासनको तथ्यांकमा चीनको समग्र व्यापार बचत १३.८ अर्ब डलर रहेको उल्लेख छ । अमेरिकासँगको व्यापार बचत पनि अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भई २१.४ अर्ब डलर पुगेको छ । 

  • सम्बन्धित विषय:

  • # महामारी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij