Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

  • फाल्गुण १९, २०७८ बिहिवार ०९:१७ बजे
  • 544
    SHARES
  • एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ ।

    बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि बुधबारदेखि नै छलफल सुरु भएको छ ।  राप्रपा बैठक आज सकिँदैछ ।

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij