Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एमसीसीलाई नोट गर्‍यो अमेरिकाले

एमसीसीलाई नोट गर्‍यो अमेरिकाले

  • 323
    SHARES
  • एमसीसीलाई नोट गर्‍यो अमेरिकाले

    काठमाडौं । नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा अमेरिकाले एमसीसीबारे नोट गरेको हो ।  

    टेलिफोन वार्तामा विदेशमन्त्री ब्लिन्केनले एमसीसीसँग नेपालको अघि बढ्ने निर्णयले नेपालमा रोजगारी, पूर्वाधार र नेपाली जनताको जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गरेको अमेरिकी विदेश मन्त्रालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले नेपाल र अमेरिकबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको स्मरण गरेका थिए । दुई देशका नेताबीच युक्रेन संकटलगायतका विषयमा छलफल भएको थियो । विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले अकारण, अनुचित र नियोजित हमला गरेको बताएका थिए ।
     

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij