Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एमसीसीको विरोधमा आन्दोन चर्किएपछि सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू

एमसीसीको विरोधमा आन्दोन चर्किएपछि सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू

  • फाल्गुण १६, २०७८ सोमवार २१:३७ बजे
  • 565
    SHARES
  • एमसीसीको विरोधमा आन्दोन चर्किएपछि सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू

    विरेन्द्रनगर । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरिएको छ ।  अमेरिकी सहयोग सम्झौता, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा यस्तो आदेश जारी गरेको हो । 

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । 

    एमसीसी विरोधी प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लाग्ने छ ।

    सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । भीड नियन्त्रणका लागि प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij