Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एमसीसी पास भएपछि सरकारले भन्योः मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुँदैन 

एमसीसी पास भएपछि सरकारले भन्योः मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुँदैन 

  • फाल्गुण १६, २०७८ सोमवार १९:०७ बजे
  • 469
    SHARES
  • एमसीसी पास भएपछि सरकारले भन्योः मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुँदैन 

    काठमाडौं । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएपछि सरकारले नेपाल भूमी कुनै पनि मित्र राष्ट्र विरुद्ध नेपाली भूमी प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एमसीसी पारित भएपछि उब्जिएका प्रश्न निवारण गर्दै नेपाली भूमी कुनै पनि मित्र राष्ट्र विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको हो। ‘सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध छ,’ सरकारले भनेको छ, ‘नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तरार्ष्ट्रिय संघ संस्थाहरुप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ।’ 

    सरकारले एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधि सभाका सम्माननीय सभामुख र माननीय सदस्यहरु सबैलाई नेपाल सरकार हार्दिक धन्यवाद दिएको छ। यस्तै सबै नेपाली नागरिक, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायीलाई समेत सरकारले धन्यवाद दिएको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij