वेबटिभी खबर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले वैदेशिक अध्ययन/छात्रवृत्ति आदेवनसम्बन्धी सूचना जारी गरेको छ । मन्त्रालयको सो शाखाले यही फागुन १३ गते सूचना जारी गरेकाे हाे ।
शाखा अधिकृत पुष्पादेवी राईद्वारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे च.नं. २७०, मिति २०७८/११ /८ को पत्रानुसार सबै निकायलाई खुला गरिएको अस्ट्रेलियामा हुने ‘अस्ट्रेलियन अवार्ड स्कलरसीप’ अध्ययन/तालिमका लागि उपयुक्त उम्मेद्वार मनोनयन हुन लेखीआएकोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संलग्न पत्र साथ प्राप्त आधारहरू पूरा भएका यस मन्त्रालय र अन्तर्गत कार्यरत इच्छुक निजामती कर्मचारीहरूले मिति २०६८/१२/२५ गतेसम्म यस मन्त्रालयको (कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखा) वा इमेल administration.sec@moest.gov.np मा निवेदन पेश गर्नुहुन यो सूचना जारी गरिएको छ ।’
हेर्नुहाेस् सूचना
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij