Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर सरकारले प्रष्ट पारिदिएको छः सांसद भुसाल

एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर सरकारले प्रष्ट पारिदिएको छः सांसद भुसाल

  • फाल्गुण १५, २०७८ आइतवार २०:४१ बजे
  • 792
    SHARES
  • एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर सरकारले प्रष्ट पारिदिएको छः सांसद भुसाल

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले एमसीसीमाथि सरकारले व्यात्मक घोषणा गरेर प्रष्ट पारिदिएको बताएकी छन् । आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता भुसालले एमसीसीले नेपालको अर्थतन्त्र बलियो बनाउने बताएकी छन् ।

    ‘यसले नेपालमा रोजगारी वृद्धि गर्नेछ। सडक विस्तार हुनेछ। विद्युत बढाउन सहयोग पुग्नेछ। जसले गर्दा अर्थतन्त्र बलियो हुनेछ, उनले भनिन् ।

    उनले एमसीसी दुई पक्षीय सम्झौता भएको र यसमा आर्थिक सुशासन तथा पारदर्शीता भएको बताएकी छन् । त्यसैले उनले समय सिमाभित्रै यसको रकमलाई सदुपयोग गर्नूपर्ने धारणा राखेकी छन् । विश्वका ४६ देशमा यो परियोजना लागू भएकाले नेपालमा पनि लागू हुँदा देशको हितमै हुने बताएकी छन् ।

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij