वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणा व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् ।
आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको बीचमा एमसीसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाए । उनले कानुनको अभावमा यो सम्झौता पेस नै गर्न नमिल्ने भएको बताए।
उनले एमसीसी दुई पक्षीय सम्झौता भएकाले नेपालले मात्र गरेर केही नहुने र यो ठग पत्र बाहेक अरु केही नभएको टिप्पणी गरे ।
सरकारले निर्लज्जताका साथ रातारात एमसीसी पास गरे यो दिन इतिहासमा कलंकको रुपमा इंकित रहने जिकिर गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij