Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

कोरोना भाइरसबाट बच्न ट्राफिक प्रहरी र यातायात व्यावसायीको संयुक्त अभियान सुरु

कोरोना भाइरसबाट बच्न ट्राफिक प्रहरी र यातायात व्यावसायीको संयुक्त अभियान सुरु

  • चैत्र ३०, २०७७ सोमवार १७:०७ बजे
  • 690
    SHARES
  • कोरोना भाइरसबाट बच्न ट्राफिक प्रहरी र यातायात व्यावसायीको संयुक्त अभियान सुरु

    काठमाडाैं । दोस्रो चरणमा फैलिरहेको कोभिड-१९ (कोरोना भाइरस) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनचेतनामूलक अभियान सुरु गरेको छ ।

    नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस रोकथाम तथा यात्रु तथा सर्वसाधारणलाई सुरक्षित गराउनको लागि जनचेतनामूलक अभियान पुरानो बसपार्कबाट आजदेखि सुरु गरेको हो ।

    ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ उक्त अभियान सुरु गरिएको हो । उक्त कार्यक्रममा बोल्दै ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड-१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान सुरु बताए ।

    भट्टराईले कोभिड-१९ बाट यातायातक्षेत्र उच्च जोखिममा रहेकोले बेलैमा सुरक्षा सावधानी अपनाएर मात्र सार्वजनिक सवारी साधन चलाउनुपर्ने जोड दिए । सो कार्यक्रममा उपस्थित यातायात व्यावसायीहरू, मजदुर संघ, युनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूद्वारा सवारी साधनहरूमा यात्रुले देखिने गरी सवारीको ढोका नजिक स्टिकर टाँस गर्नुका साथै पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको महाशाखाले जानकारी दिएको छ ।

    कार्यक्रममा महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना भाइरसबाट सुरक्षित रहने विषयमा विचार राखेका छन् । आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम गर्न ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न तत्पर रहेको वक्ताहरुले बताएका छन् ।

    सम्पूर्ण चालक सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाई भौतिक दुरू कायम गरी सवारी साधनको प्रयोग गर्न महाशाखाले विशेष अनुरोध गरेको छ । ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’ लेखिएको स्टिकर उपत्यकामा चल्ने सम्पूर्ण माइक्रो तथा बसहरूमा टाँसिने महाशाखाले जनाएको छ ।

    कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मधइनजर गरी उपत्यकाका मुख्य-मुख्य ठाउँ एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरूमा हुने भिडभाड कम गराउन महाशाखाले विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij